वैदेशिक रोजगारीका लागि दुबई पुगेका दाङका जगत वलीको मृत्यु
दाङ- वैदेशिक रोजगारीका लागि दुबई पुगेका दाङका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ कालितरा घर भई हाल शान्तिनगर गाउँपालिका–६ तिलबारी बसोबास गर्दै आएका २४ वर्षीय जगत वली रहेका छन्।
वली ५ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक दुबई गएका थिए। वली करिब १ महिनादेखि परिवारसँग पनि सम्पर्कविहीन भएका थिए। ‘आज मात्र घरपरिवारलाई खबर आएको छ। शव नेपाल ल्याउने विषयमा यता सरसल्लाह हुँदैछ’, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले भने।
वलीसँग कम्पनीमा काम गर्ने साथीहरुले भने भलिबल खेल्न गएको बेला कम्पनीबाट भागेको घरपरिवारलाई जानकारी दिएका छन्। बेला बेलामा वलीको फोन नम्बर र फेसबुक खुल्ने गरेपनि परिवारमा सम्पर्क नगरेको उनको परिवारले बताएको छ।
कम्पनीमा काम गर्ने साथी तथा अन्य व्यक्तिले वलीको हत्या गरेको हुन सक्ने परिवारले आशंका गरेको छ। वलीको श्रीमती र एक छोरी छन्।
यो पनि – तुलसीपुरमा कृषकले लगाएको धानबालीमा देखा परेको प्रकोप खैरो फड्के कीराको प्रकोप भएको राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, नार्कका वैज्ञानिक डा. नरेश डाँगीले पुष्टि गरेका छन् ।
यही भदौ ५ गते आइतबार किसानकै खेतबारीमा पुगेर उनले परीक्षण गरेका थिए । कृषिविज्ञ डा. डाँगीले कृषकलाई रोगको पहिचान गरेर उपचार विधि पनि सिकाएका छन् । उनले कृषकलाई विषादी प्रयोग गर्ने तरीका, रोगको पहिचान कसरी गर्ने लगायतका बारेमा जानकारी दिएका थिए ।
उनका अनुसार दाङमा फड्के किराको प्रकोप पहिलो पटक वि.सं. २०७५ सालमा देखा परेको थियो ।
0 Response to "वैदेशिक रोजगारीका लागि दुबई पुगेका दाङका जगत वलीको मृत्यु"
Post a Comment