-->
एलिजाको भाइरल नाच : मान्छेहरुले सोधे–धमलाजी जनता जान्न चाहन्छन बताउनुहोस् यो कुन डान्स हो ?

एलिजाको भाइरल नाच : मान्छेहरुले सोधे–धमलाजी जनता जान्न चाहन्छन बताउनुहोस् यो कुन डान्स हो ?

 काठमाडौं । चर्चित सञ्चारकर्मी ऋषि धमला श्रीमती एलिजा गौतमका कारण ट्रोल हुनु परेको छ । हालै गौतमले सामाजिक सञ्जालमा एक फरक खालको भिडियो पोस्ट गर्नुभयो । उक्त भिडियोबारे नेपाली सामाजिक सञ्जालमा सबैतिर चर्चा भइरहेको छ ।






अभिनेत्री एवं मोडल समेत रहनु भएकी गौतमले तीज विशेष भनेर अर्कै खालको डान्स गरेको भन्दै सामाजिक सञ्जालमा पत्रकार धमलाको ब्यङ्ग्य हुँदैछ । गौतमले तीज विशेष भन्दै अलिक फरक खालको डान्स गरेपछि मान्छेहरू भड्केका हुन् ।

मोहन केसीले लेख्नु भएको छ, ‘कहाँ गयौ ए रिखि (ऋषि) धौला (धमला) दाइ 😁😁😂 बि’यर हानी सकिछन यता भाउजुले !’ शोभा सुवेदी भन्नुहुन्छ, ‘आमा समुहबाट ऋण निकालेर मोबाइल किनेको यहि देख्न रैछ ।’
अर्को एकजनाले धमला जी बताउनु होस यो कुन डान्स हो जनता जान्न चाहान्छन भनेर प्रश्न गर्नुभएको छ ।

गौतमले चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गर्नुभएको हो । एलिजा आफैले निर्माण गरेको सो फिल्म चल्न सकेन् । फिल्ममा जम्न नसके पनि म्युजिक भिडियामा भने गौतम निकै व्यस्त रहने गर्नुभएको छ । गौतमका बेला बेलामा तस्विर पनि भाइरल हुने गरेका छन् ।

यस अगाडी एलिजाको हरि तालिका तीजकाे व्रत बसेर आफ्नाे श्रीमानकाे गाेडाकाे पानी खाएकाे फाेटाे सामाजिक सञ्जाल फेसबुकमा राखेपछि धेरै टिकाटिप्पणी भएकाे थियो । तीजकाे व्रतपछि पत्नी एलिजाले ऋषि धमलाको गोडा धोएर पानि खाएकी थिईन।

पछिल्लो समयमा उनले म्युजिक भिडियोमा व्यस्त मोडलको छवि बनाएकी छिन् । फिल्ममा उनको अभिनयले प्रशंसा नपाए पनि म्युजिक भिडियोमा उनलाई दर्शकले मन पराएका छन् ।

उनीहरूका दुई सन्तान एरिक र एरिका रहेका छन् । सन्तान जन्माएर फिल्म क्षेत्र प्रवेश गरेको भनेर समेत एलिजाको चर्चा हुने गरेको छ ।

0 Response to "एलिजाको भाइरल नाच : मान्छेहरुले सोधे–धमलाजी जनता जान्न चाहन्छन बताउनुहोस् यो कुन डान्स हो ?"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article