नुहाउनका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर १६ वर्षीया कमलाको मृत्यु
सप्तरी, ४ भदौ :
सप्तरीमा करेन्ट लागेर एक किशाेरीको मृत्यु भएको छ। मृत्यु हुनेमा खडक नगरपालिका-११ लालपुरका लखन रामकी १६ वर्षीया छाेरी कमला कुमारी राम रहेकी छिन् ।
नुहाउनका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताएका छन् ।
यो पनि : परिवारको स्वास्थ्यवस्थाबारे परिवारले दियो जानकारी : नेपाली कांग्रेसका नेता तथा सासंद प्रदीप गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको परिवारले जनाएको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको उनको परिवारले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
शनिबार भारती सिलवाल गिरिले जारी गरेको प्रेस विज्ञप्तिमा गिरीलाई निमोनियाले एकदमै च्यापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताएको छ ।
अहिले मेडिसिटी अस्पतालका चिकित्सकहरूले स्वास्थ्यलाभको लागि सक्दो प्रयास गरिरहेको पारिवारिक स्रोतले बताएको हो ।
अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय-समयमा स्वास्थ्य चेकअप गरिरहेको र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेको भारतीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भारतीले अस्पताल परिवारलाई धन्यवादसमेत व्यक्त गरेकी छन् ।
0 Response to "नुहाउनका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर १६ वर्षीया कमलाको मृत्यु"
Post a Comment